काठमाडौँ। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । वर्षा कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित बनेको हो ।आज बिहानका लागि तय भएका भरतपुर, लुक्ला, सुर्खेतलगायतका उडान प्रभावित भएका छन् ।
आज बिहान मौसम प्रतिकूल हुँदा केही विमानहरू आकाशमै होल्ड गर्नुपरेको थियो भने केहीलाई डाइभर्ट गरिएको थियो । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट गरिएको थियो भने दुबईबाट आएको फ्लाई दुबईको विमान आकाशमै होल्ड गर्नुपरेको थियो ।
विमानस्थल कार्यालयका अनुसार एयर अरेबिया र कुवेत एयरलाइन्सका जहाज भने सहजै अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द
हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन