भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, १६ : १९
भरतपुरका ५० कांग्रेसीले दिए सामूहिक राजीनामा

चितवन । एमसीसीमा राष्ट्रघात गरेको लगायतका १५ कारण देखाउँदै भरतपुर महानगरपालिका ५० जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। शनिबार बेलुवा टोलमा कार्यक्रम गरी उनीहरूले राजीनामा दिएका हुन्।

स्थानीय निर्वाचन नजिकिँदै जाँदा भरतपुरमा गठबन्धनभित्र विवाद चुलिएको थियो। कांग्रेसले मेयर पद आफूलाई दिनुपर्ने अडान राखे पनि कांग्रेसले महानगर र उपहानगरमा गठबन्धनबारे केन्द्रले टुंग्याउने निर्णय गरेको थियो। यससँगै भरतपुरमा कांग्रेसभित्रैबाट विवाद चर्किएको थियो।

कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस