काठमाडौं । नेकपा माओवादी केन्द्रले दोलखा जिल्लाको मेलुङ गाउँपालिका अध्यक्षमा शंकर लामाको नाम सिफारिस गरेको छ । गत शुक्रबार पालिकाको तेस्रो पूर्ण बैठकले लामाको नाम सिफारिस गरेको हो । उपाध्यक्षको नाम भने केही दिनभित्रै सिफारिस हुने भएको छ ।
अब दोलखाको सैलुङ गाउँपालिका अध्यक्षको नाम मात्रै सिफारिस गर्न बाँकी रहेको छ । अरु सात स्थानीय तहको उम्मेदवारको नाम सिफारिस भइसकेको छ । लामा यसअघिको संसदीय निर्वाचनमा दोलखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा पनि उठेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १३ : ०७
लेखकबाट थप