काठमाडौं । हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट आउँदो चुनावमा अध्यक्षका लागि ६ जना आकांक्षी देखिका छन् ।कांग्रेस गाउँपालिका कार्यसमितिको बैठकमा ६ नेताले आफू अध्यक्षको उम्मेदवार बन्न इच्छुक भएको बताएका थिए ।
कमिटीका उपसभापतिद्धय कैलाश भण्डारी र बसन्त रोकाया, महाधिवेशन प्रतिनिधिद्धय सुशीला रोकाया र गणेश महत, पार्टी सचिव कृष्णबहादुर बोहरा र रामबहादुर भण्डारीले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका हुन् । िसहमतिको प्रयास भने जारी रहेको छ।सहमति नभएको अवस्थामा ६ जनाको नाम नै सिफारिस गरिने छ । उपाध्यक्षका कुशुम शाही, पानकली लामा, रम्भा शाही र ताराबहादुुर लामाले आकांक्षा देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १० : ०५
लेखकबाट थप