म्याग्दी, २३ मंसीर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएपछि वाम गठबन्धनका उम्मेद्वारहरुले जनतासँग गरेको बाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन कार्यालय प्रमुखबाट निर्वाचित प्रमाणपत्र लिदै वामठवन्धनका उम्मेद्वारहरुले यस्तो बताएका हुन् ।
जितसँगै मतदातालाई धन्यबाद दिदै प्रतिनिधिसभाका विजयी उम्मेद्वार भुपेन्द्र थापाले जिल्ला र मुलुकलाई समृद्धिको अभियानमा लाग्ने बताए । बामगठबन्धनलेसमृद्ध मुलुकको नेतृत्व लिएको हुदाँ जिल्लामा भएका स्रोतसाधनलाई परिचालन गरि अघि बढ्ने बताए ।
त्यस्तै प्रदेशसभा क्षेत्र क विजयी उम्मेद्वार विनोद केसीले विजयी गराउने शुभचिन्तक मतदातालाई धन्यवाद दिदै जनतासंग राखेको एजेण्डा पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले जिल्लालाई समृद्ध र रोजगारको वातावरण सिर्जना गर्न यहाँ भएका कृषि, पर्यटन, जलस्रोत खनीज जस्ता प्रमुख स्रोतलाई प्रयोग गर्दै स्थायी नीतिनिर्माण लाग्ने बताए । मुलकको परिर्वतनका लागि जनयुद्धमा सहादत प्राप्त गरेको शहिदहरुको प्रतिनिधिको रुपमा प्रदेशमा काम गर्ने प्रतिवद्धता राखे ।
त्यस्तै प्रदेशसभा क्षेत्र ख विजयी हुनुभएकी उम्मेद्वार नरदेवी पुनले देशको राजनीति स्थिरता कायम गर्दै प्रदेशका जनतालाई समृद्धिको बाटोमा अघि बढाउन विगतका अनुभवलाई प्रयोग गर्दै विकासको गतिलाई तिव्रता दिने बताइन् । जिल्लाका जनतासंग राखेका एजेण्डालाई पुरा गर्ने र महिलाहरुको समस्यालाई समाधानमा प्राथमिकता स्वरोजगारको वाताबरण सिर्जना गर्न लाग्ने प्रतिवद्धता राखे ।
प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएलगत्तै वामगठबन्धनका नेता, कार्यकता, समर्थक र शुभेच्छुकहरुले सदरमुकाम बेनीबजारमा खुशीयाली र्याली गरेका थिए ।
प्रतिक्रिया दिनुहोस