काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन्। काठमाडौँमा सोमबार स्वास्थ्य वैज्ञानिकहरुको आठौँ सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन्।उनले अहिले देशमा विदेशी मुद्राको सञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए। नेपालले अहिले विदेशी मुद्रा आयात गर्नेभन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि भट्टराईले बताए।
उनले भने, ‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्। केही मानिसहरुको अर्घेल्याइँले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन्। आज हामीसँग विदेशी मुद्राहरुको सञ्चिति छैन, घटिरहेको छ। चिन्ता व्यक्त भइरहेको छ। त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरु पढ्नको लागि विदेश पलायन भइरहेका छन्। त्यसले हाम्रो मुद्रा कति बाहिरिरहेको छ। के हामीले यसको कुनै आँकलन गरेका छौँ? जनशक्ति उत्पादन गर्ने काममा कति ध्यान दिएका छौँ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, १५ : ०५
लेखकबाट थप