काठमाडौं।आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ ।
आइतबार बसेको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले विदुर हुमागाईंलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हुमागाईंले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
यस्तै, उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थिङ यसअघि मकवानपुरढी गाउँपालिका- ४ को सदस्य थिइन् । उनले गाउँपालिकाको न्यायिक समितिमा रहेर काम गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १७ : ०३
लेखकबाट थप