चितवनमा आवश्यकताभन्दा कम प्रहरी

मंगलबार, ०१ जेठ २०७५, १५ : ५२
चितवनमा आवश्यकताभन्दा कम प्रहरी

चितवन । चितवन जिल्लामा आवश्यकताभन्दा कम प्रहरी भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन भरतपुरले उपलब्ध गराएको तथ्याङक अनुसार चितवन जिल्लामा आवश्यकताभन्दा कम प्रहरीको दरबन्दी रहेका पाइएको हो । चितवनमा ३१ वटा स्थायी, ३२ वटा अस्थायी प्रहरी इकाइमा ७ सय ४५ प्रहरी कर्मचारी रहेका छन् । २०६८ सालको जनगणना अनुुसार चितवनको जनसंख्या ५ लाख ७९ हजार नौ सय ८४ छ । जसअनुसार एक प्रहरीले ७ सय ८८ जनतालाई सुरक्षा दिनु पर्ने अवस्था छ ।  एक प्रहरीले १ सय ९५ घरधुरीलाई सुरक्षा प्रदान गर्नुपर्दछ ।

शान्ति सुरक्षा अमनचयन कायम राख्न अपराध नियन्त्रण तथा अपराधी पत्ता लगाई सजाय दिलाउने दायित्व बोकेको नेपाल प्रहरीलाई बदलिँदो समय सापेक्ष, सामाजिक, राजनीतिक, परिस्थिति अनुरुप परिवर्तन गर्न सिमित श्रोत साधनलाई अधिकतम रुपमा परिचालन गर्न प्रहरी कार्यालय प्रयासरत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस