सर्वोच्चले माग्यो पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दामा प्रहरीसँग अनुसन्धानको फाइल

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, १९ : ११
सर्वोच्चले माग्यो पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दामा प्रहरीसँग अनुसन्धानको फाइल

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व सभामुख अग्नी सापकोटाविरुद्धको मुद्दामा प्रहरीसँग अनुसन्धानको फाइल माग गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्व सभामुख अग्नी सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरी दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको हो ।

प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरी अनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी यस अदालतबाट पटक पटक आदेश भैसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेश पश्चात् के भएको हो ? त्यसको सक्कल फाइलसहित उपस्थित हुन भनेको हो ।

प्रतिक्रिया दिनुहोस