वर्षायाम नलाग्दै विपद्को सामना

मंगलबार, ०१ जेठ २०७५, १२ : ३६
वर्षायाम नलाग्दै विपद्को सामना

डडेल्धुरा । पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन  थालेका छन् । असिनापानीका कारण बालीनाली नष्ट भएपछि भोकमरीको सामना गर्नुपर्ने अजयमेरु– २ का चन्द्र ऐरले जानकारी दिनुभयो ।

हावाहुरीको प्रकोपले पनि ठूलो क्षति पु¥याएको छ । हावाहुरीका कारण भागेश्वर गाउँपालिकाका– ८ विद्यालयका छाना उडाउनका साथै विद्यालय भवनमा समेत क्षति पु¥याएको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले जानकारी दिनुभयो । हावाहुरीका कारण गन्यापधुरा गाउँपालिकामा पनि ठूलो क्षति भएको छ । गाउँपालिकाको केन्द्र बडालस्थित प्रहरीचौकी, बडाल बजारमा रहेका केही पसलका साथै गाउँपालिकाका विद्यालयको छानो हावाहुरीले उडाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस