काठमाडौं ।नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी पुनः निर्वाचित भएकी छिन् । बर्दियाको गुलरियामा बिहीवार शुरु भइ शुक्रवार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । एमाले अध्यक्ष केपी ओलीले बिहीवार अधिवेशन उद्घाटन गरेका थिए ।
अध्यक्ष निर्वाचित भएलगत्तै चौधरीले भूमिहीन सुकुम्बासी र गरिब जनताको हक अधिकारका लागि अनब्रत लडी रहने प्रतिबद्धता जनाएकी छिन् ।
प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलकी सचेतक समेत रहेकी चौधरी सुकुम्बासी पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन् । एमालेका अन्य भातृ संगठनमा नेतृत्व चयनमा बिवाद भएपछि शान्ता भने सर्वसम्मत अध्यक्ष भएकी हुन् ।
२०६४ सालको संविधान सभाको समयमा प्राकृतिक स्रोत साधन समितिको सभापति रहेकी चौधरीले भूमिहीनका पक्षमा केही नीतिगत निर्णय गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १२ : ३८
लेखकबाट थप