बार निर्वाचनको मतगणना अपडेट : घिमिरेको २२४०, अधिकारीको ११६९ मत

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १४ : १०
बार निर्वाचनको मतगणना अपडेट : घिमिरेको २२४०, अधिकारीको ११६९ मत

काठमाडौं ।नेपाल बार एशोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । 

पछिल्लो गणनाअनुसार घिमिरेले २ हजार २४० मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १ हजार १६९ मत प्राप्त गरेका छन् ।

महासचिवमा अन्जिता खनालले १ हजार ९७५ र केदारप्रसाद कोइरालाले १ हजार ३४८ मत प्राप्त गरेका छन् ।चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा बारको मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस