केन्द्रबाट चुनावी गठबन्धन गर्न खोजे विद्रोह हुन्छ : शेखर कोईराला

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १२ : ०१
केन्द्रबाट चुनावी गठबन्धन गर्न खोजे विद्रोह हुन्छ : शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् । 

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुराकानी गर्दै उनले पार्टीले तत्काल उम्मेदवार छनोट रोक्न गरेको परिपत्रको विषयमा आफूलाई थाहा नभएको समेत जिकिर गरेका छन् । उम्मेदवार छनोट के कारणले रोक्न भनियो भन्ने विषयमा आफू जानकार नभएको उनले प्रष्टयाए । 

‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ,’ उनले भने, ‘केन्द्रबाटै गर्न खोजे विद्रोह हुन्छ ।’ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाइएको संयन्त्र ठीक भएको उनले बताए ।

उनले केन्द्रले गठबन्धन गर्दा हस्तक्षेप गरे सत्ता गठबन्धन पनि अप्ठ्यारोमा पर्ने समेत बताए । अर्थतन्त्र धेरै पहिलेदेखि आयातमुखी भएको कारण लामो समयदेखि समस्या आएको उनले बताए । उनले भागबण्डाको राजनीति नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस