काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाका लागि ४२ हजार ८११ जनाको आवेदन परेको छ । आवेदन दिनेमध्ये उत्पादनतर्फ ३२ हजार ५२० रहेको छ भने कृषितर्फ १० हजार २९१ रहेको छ।
यो संख्या सोमबार साँझ ५ बजेसम्मको हो। आवेदन राति १२ बजेसम्म दिन पाइने भएकाले आवेदकको सङ्ख्या केही बढ्न सक्ने ईपीएस शाखाले जनाएको छ । ईपीएसमार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षाका लागि आवेदन दिने आवेदक सन् २०२० को तुलनामा सन् २०२२ मा आधाले घटेको छ । ईपीएस शाखाका अनुसार सन् २०२० मा नौ हजार १३४ जनाका लागि भाषा परीक्षामा ९२ हजार बढीको आवेदन परेको थियो । सन् २०२२ मा नौ हजार ६५४ का लागि करिब ४३ हजारको मात्र आवेदन परेको हो ।
दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएकाले कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ चैत्र २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणमा ८ हजार जना पास
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने
ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने
ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेल नियुक्त