दीपिकाको गर्धनबाट रणबीरको नामको ट्याटु एकाएक गायब भएपछि...

एजेन्सी

सोमबार, ३१ बैशाख २०७५, १६ : २०
दीपिकाको गर्धनबाट रणबीरको नामको ट्याटु  एकाएक गायब भएपछि...

बलिउड नायिका दीपिका पादुकोणको गर्धनमा बनेको ट्याटुले विभिन्न समयमा चर्चा पाउने गरेको छ ।  पछिल्लो समय उनको ट्याटुको चर्चा फ्रान्समा आयोजना भइरहेको कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा भयो ।

गुलाबी रङको पहिरनमा उनले आफ्नो कपाललाई हाइ बन बनाएकी थिइन् । जसका कारण उनको गर्धनमा भएको ट्याटुको अवस्था कस्तो छ भनी छर्लङ्गै देख्न सकिन्थ्यो । ट्याटु एकाएक गायब भएपछि धेरैले दीपिकाले यसलाई हटाएको हुनसक्ने अनुमान गरे ।

वास्तवमा, उनले उक्त ट्याटु नहटाई विशेष प्रकारको मेकअपले त्यसलाई छोपेको बताइएको छ । विभिन्न अन्तर्वार्तामा दीपिकाले उक्त ट्याटु कहिले पनि नहटाउने बताउँदै आएकी छिन् । यद्यपी, उनी निकट श्रोतका अनुसार आर के लेखिएको उक्त ट्याटुको ‘के’ लाई फुलबुट्टा बनाएर छोपिएको छ भने ‘आर’ भने जस्ताको तस्तै छ । निकै कलात्मक ढङ्गले आर के लेखिएको उक्त ट्याटु दीपिकाले रणबीर कपुरसँग डेटिङका बेला बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस