तनहुँ । तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगर रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
छाउगोठमा बसेकी १६ वर्षिया किशोरी बलात्कृत, एक जना पक्राउ
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत