काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।
पञ्चदेवल विनायक नगरपालिका–२ स्थित मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीको भनाइ छ । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् ।
उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत
बझाङमा एक किशोरी बलात्कृत
१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ