यस्तो रह्यो प्रदेश नं ३ मन्त्रिपरिषद् बैठकको निर्णय

सोमबार, ३१ बैशाख २०७५, १२ : १७
यस्तो रह्यो प्रदेश नं ३ मन्त्रिपरिषद् बैठकको निर्णय

फाइल तस्बिर

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ ।

दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा पूर्वाधार मन्त्री कैलाश ढुंगेलले बताउनुभएको छ । मन्त्री ढुंगेलले आगामी २०७५/७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।
प्रवक्ता ढुंगेलले आगामी असार १ गते आव २०७५/७६ को विनियोजित बजेट प्रदेशसभाको बैठकमा पेश गरिने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिनुभयो । (रासस)

 

प्रतिक्रिया दिनुहोस