काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहिबार आफ्नो तेस्रो खेलमा पाहुना टोली पपुवा न्युगिनीलाई ३८ रनले पराजित गर्दै नेपालमा फाइनलमा प्रवेश गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०४ रनको विशाल पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा ७ विकेट गुमाउँदै १६६ रनमा समेटियो ।
पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले अर्धशतकिय पारी खेले । उनले ४७ बलमा ९ चौकाको मद्दतमा ६२ रनको योगदान गरे । ओपनरद्वय असाद भाला र लेगा सियाकाले समान एकएक रन बनाए । टोनी उराले ४३ रन बनाउँदा सेसे बाउले २५ रन, नर्मन भनुआले १७ रन, रिले हेकुरेले ६ रन, चाड सोपरले २ रन, काबुआ मोरियाले रन, नोसैना पोकनाले रन जोडे । साइमन अताई शून्यमै आउट भए ।
नेपालका लागि करन केसीले चार विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान दुई/दुई विकेट लिए । कप्तान सन्दिप लामिछानेकाे नाममा एक विकेट रह्याे ।
यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी इंनिङ्सको योगदान दिए । उनले बलमा ४ छक्का र ३ चौकाको मदतमा सर्वाधिक ६६ रन जोडे । त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १७ रन तथा आसिफ शेख ३८ रनमा आउट भए । त्यसपछि मध्यक्रम सम्हालेका रोहित पौडेलले ४१ रन बनाए । साथै आजै नेपाली सिनियर टोलीमा डेब्यू गरेका आदिल अन्सारीले ३१ रन जोडे । उनले एकै ओभरमा ३२ रन जोडे । उनले नो बलमै ७ रन जोडेका थिए ।
बलिङतर्फ पीएनजीका कबुवा मोरेले ३ विकेट लिँदा रिले हेकुरेले २ विकेट लिए । त्यस्तै, नर्मन भनुआ र नौसेन पोकनाले समान एक/एक विकेट लिए ।सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई नै १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य
नेपालले पपुवा न्युगिनीलाई दियो १९९ रनको लक्ष्य