प्रदेश नं ४ स्तरीय सुरक्षा गोष्ठी

आइतबार, ३० बैशाख २०७५, १४ : ०९
प्रदेश नं ४ स्तरीय सुरक्षा गोष्ठी

पोखरा । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश नं ४ स्तरीय सुरक्षासम्बन्धी गोष्ठीको शुभारम्भ गर्नुभएको छ ।
प्रदेश र प्रदेशका जिल्लाको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने रणनीति, जिल्लाका सुरक्षा चुनौती, समीक्षा र भावी योजना एवं रणनीति तयार गर्ने गोष्ठीको उद्देश्य रहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गोष्ठीमा व्यवसायमा एकाधिकारको अवस्था, सुशासनका लागि गर्नुपर्ने कार्य तथा सुरक्षासम्बन्धी सम्बन्धमा छलफल हुनेछ ।

गोष्ठीमा प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री, गृह मन्त्रालयका सचिव, प्रदेश नं ४ का प्रमुख सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका पृतनापतिलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा प्रदेश नं ४ का ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखसहित ८० जना सहभागी छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस