काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् ।
टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ ।
करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए ।
यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड