काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन् ।
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आज सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उहाँले आफ्नो पार्टीले सनातन हिन्दूराष्ट्र कायम गर्ने एजेण्डा बोकेर अगाडि बढ्दै देशको बलियो राष्ट्रवादी शक्ति बनाउने बताए ।
पार्टीले नेपाली माटो र परिवेश सुहाउँदो गरी सुशासन र समृद्धिलाई मुख्य सिद्धान्त बनाएर अगाडि जाने उल्लेख गर्दै उहाँले पार्टीले सुशासन कायम गराउनका लागि पहल गर्ने बताए ।
निर्मल निवासको असहयोगका कारण नै राप्रपा नेपाल स्थापना भएको बताउँदै अध्यक्ष थापाले राप्रपा नेपालको उज्ज्वल भविष्य रहेको दाबी गरे । उनले देश र पार्टीको प्रतिकूल अवस्थामा राप्रपा नेपालको स्थापना भए पनि पार्टीभित्र केही गलत व्यक्ति प्रवेश गराउँदा समस्या आएको बताए ।
राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यले राप्रपा नेपालले ३० दिनमा ७७ जिल्लामै सङ्गठन, ३२ दिनमै छ वटा भ्रातृ सङ्गठन विस्तार गरेको चर्चा गर्दै पार्टी अध्यक्ष थापाको नेतृत्वले सार्थकता पाउने दाबी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरगोविन्द श्रेष्ठ, केन्द्रीय सदस्य रामसुन्दर विष्ट, राप्रपा नेपाल भक्तपुरका अध्यक्ष माधव खत्री, उपाध्यक्ष श्याम नेपाललगायतले राप्रपा नेपालप्रति जना आकर्षण बढिरहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ चैत्र २०७८, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा