काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा गरिएको सुझबुझपूर्ण निर्णयले माओवादीलाई फुटाउने प्रयास असफल भएको बताएका छन् ।
बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा उनले देशी विदेशी शक्तिले माओवादीलाई फुटाउन तथा कमजोर बनाउन अनेक षड्यन्त्र गरेको बताउँदै प्रचण्डले त्यसकै लागि एमसीसीमा दाउ हेरेपनि त्यो सम्भव नभएको बताए ।
‘अहिलेपनि पार्टीभित्र कुनै फाटो सिर्जना गर्न सकिन्छ कि भनेर निकै प्रयास भयो । तर एमसीसीबारेको ब्याख्यात्मक घोषणाले त्यो षड्यन्त्र असफल भएको छ’, उनले भने । एमसीसी पास भएपछि पार्टीभित्र फाटो ल्याउन प्रयास भएपनि सबै फरक मतलाई सम्बोधन गरिने भएपछि पार्टी एकढिक्का भएको बताए ।
केन्द्रीय समिति बैठकमा फरक मतलाई समेटेर अघि बढ्ने र आवश्यक परे सबै फरक मतबारे पार्टीमा उपयुक्त समयमा हुने प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, २० : ३३
लेखकबाट थप