काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छिन ।
बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरेर मन्त्री झाँत्रीमार्फत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेको हो ।
मन्त्री झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्वील लक तथा ८८ वटा म्याजिक लाइट हस्तान्तरण गरीन ।कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराइएको बताईन ।
महाशाखाका प्रमुख जोशीले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने ट्राफिक फर्निचर एवम् अन्य उपकरणहरू प्राप्तिमा शहरी विकास मन्त्रालय तथा विकास प्राधिकरणले गरेको पहललाई धन्यवाद दिईन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
लाईसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिकको कदम विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ