हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, २१ असोज २०८१, १२ : १८
हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

काठमाडौँ । ट्राफिक प्रहरीले देशका विभिन्न ठाउँ र मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबिच कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा काँडाघारी, सानो ठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

 

प्रतिक्रिया दिनुहोस