पशुपतिमा मोदीले गरे ५० मिनेट पूजा

शनिबार, २९ बैशाख २०७५, १३ : ११
पशुपतिमा मोदीले गरे ५० मिनेट पूजा

नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विविशेष पूजापाठ गरेका छन् ।
विशेष पूजा गर्ने  क्रममा मोदीले पशुपतिनाथमा ५० मिनेट बिताएका थिए । पशुपतिनाथ मन्दिरमा मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदिव ढकाललगायत पदाधिकारीले स्वागत गरेका थिए। उनलाई मन्त्री अधिकारीले उपहारस्वरुप पशुपति मन्दिर उपहार दिएका थिए ।

आज बिहान काठमाडौंबाट उनी मुक्तिनाथ गएका थिए ।  त्यहाँबाट पशुपति फर्किएका हुन् । उनी आजै काठमाडौं महानगरपालिकाको तर्फबाट प्रदान गरिने नागरिक अभिनन्दन ग्रहण गरेर स्वदेश फर्कनेछन् ।

 

प्रतिक्रिया दिनुहोस