काठमाडौँ । मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक स्थगित भएको छ।बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।यसअघि फागुन २२ गते बोलाइएको बैठक पनि स्थगित भएको थियो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणबस बैठक स्थगित भएको जनाएको छ।
यसअघि फागुन १ गते, १० गते र २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो। फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउँदा बैठक स्थगित गरिएको थियो भने फागुन १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरुको सम्मेलनमा पोखरा गएका थिए।
फागुन २२ गते बोलाइएको बैठक नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरु मधेस प्रदेशको भ्रमणको क्रममा रहेकोले स्थगित गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, १४ : ४१
लेखकबाट थप