समाजवादका जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड

शनिबार, २९ बैशाख २०७५, १२ : ५१

पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज बिहान राससकर्मीसित कुरा गर्दै उहाँले भन्नुभयो, “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन । अहिले समाजका मुद्दा फेरिसकेका छन्, त्यसैले अहिले फेरिएको नेपाली समाजअनुसार काँग्रेस अघि बढ्न आवश्यक छ ।”

अब काँग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता उहाँले आँैल्याउनुभयो । काँग्रेसलाई जनताको घरघर र टोलटोलमा पु¥याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उहाँले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस