उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा कठायत र देवकोटा चुनावी मैदानमा

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १९ : ४३
उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा कठायत र देवकोटा चुनावी मैदानमा

काठमाडौं । देशको तीन खम्बे अर्थतन्त्र नीति मध्यको प्रमुख मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ जुम्लाको १६औं चुनावी साधारण सभामा व्यवसायी भैरव कठायत र पुरीचन्द्र देवकोटाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । देवकोटा नेपाली कांग्रेस निकटबाट र कठायत वामपन्थी प्यानलबाट उम्मेदवारी दिएका हुन् । 

देवकोटाको प्यानलबाट प्रथम उपाध्यक्षमा डम्बर खड्का, उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी, कोषाध्यक्षमा देवेन्द्र उपाध्याय, सदस्यमा दिलबहादुर रोकाया, सुनिता श्रेष्ठ, लक्ष्मीचन्द्र भट्टराई भूपेन्द्र बुढा, कमल रोकाया र देवीप्रसाद चौलागाईं रहेका छन् । 

यस्तै महिला सदस्यमा अनुपमा रोकाया, दलित सदस्यमा बलबहादुर सार्की र जनजाति सदस्यमा नन्दबहादुर गुरुङको उम्मेदवारी रहेको छ । देवकोटा प्यानलको लेखा समितिको संयोजकमा खड्क धामी, सदस्यमा धनबहादुर बोहरा र पूर्णप्रसाद चौलागाईंले उम्मेदवारी दिएका छन् ।

यस्तै युवा व्यवसायी कठयतको प्यानलमा प्रथम उपाध्यक्षमा नन्दराज धिताल, उपाध्यक्षमा डँगे सार्की, महासचिवमा पूर्ण आचार्य, कोषाध्यक्षमा कमलबहादुर महत, सदस्यमा पूर्णबहादुर बुढ्थापा, दलबहादुर महतारा, लोगजंग रावल र ज्ञानबहादुर सुनारको उम्मेदवारी रहेको छ । 

यस्तै महिला सदस्यमा चन्द्रवती उपाध्याय, जनजाति सदस्यमा मिमलाल श्रेष्ठ र दलित सदस्यमा डम्बर सार्कीको उम्मेदवारी रहेको छ ।

यस्तै लेखा समितिको संयोजनकमा बालकृष्ण बुढाक्षेत्री, सदस्यमा देविदास बुढा र शिवलक्ष्मी महतको उम्मेदवारी रहेको उद्योग वाणिज्य संघ जुम्लाका निर्वाचन संयोजक दिलबहादुर महतले बताए । १६औं चुनावी साधारण सभाको मतदाता संख्या ५०७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस