भारतीय प्रधानमन्त्री मोदीबाट मुक्तिनाथ मन्दिरमा पूजा

शनिबार, २९ बैशाख २०७५, १० : ३५
भारतीय प्रधानमन्त्री मोदीबाट मुक्तिनाथ मन्दिरमा पूजा

मुक्तिनाथ  । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराउनुभएको थियो । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहनुभएको थियो । उहाँ आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट यहाँ आउनुभएको थियो । उहाँ आजै बिहान काठमाडौँ फिर्ता हुनुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस