चितवनमा दुई ट्रक जुध्दा एक जनाको मृत्यु, तीन जना घाइते

शनिबार, २९ बैशाख २०७५, ०९ : २९
चितवनमा दुई ट्रक जुध्दा एक जनाको मृत्यु, तीन जना घाइते

चितवन । पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ पम्फा पुलमा आज बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि०५एबी ९४९४ नंको डिब्बावाला ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना छ ख ६८३ नंको ट्रक आज बिहान २ः३५ बजे जुध्दा गम्भीर घाइते भएका भारतीय ट्रकका चालक पञ्जाब फेरेजपुर बस्ने ३५ वर्षीय सुकदेव सिंहको बिहान ६ः३१ बजे उपचारका क्रममा मृत्यु भएको हो । सोही ट्रक धनी र नेपाली ट्रकका चालक एवं सहचालकको उपचार भइरहेको र ती खतरामुक्त रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस