मुख्य चोकमै ओलीको कार्यक्रम, मेची राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १५ : ०७
मुख्य चोकमै ओलीको कार्यक्रम, मेची राजमार्ग अवरुद्ध

 नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका कारण मेची राजमार्गमा सवारी साधनको आवागमन अस्तव्यस्त बन्न पुगेको छ।सूर्योदय नगरपालिकाको फिक्कल चोकमा आयोजित कार्यक्रमका कारण वैकल्पिक मार्ग नभएकाले मेची राजमार्ग नै अवरुद्ध हुन पुगेको हो।

केही साना सवारी साधनलाई डाइभर्ट गर्न खोजिए पनि मानिसहरूको बाक्लो उपस्थितिले संभव हुन सकिरहेको छैन। ठूला सवारी साधन घण्टौंसम्म राजमार्गमै बस्नु पर्ने बाध्यता छ।चोकमै कार्यक्रम राखिएकाले अत्यावश्यक सवारी साधनले बाटो पाउन मुस्किल छ।

इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले राजमार्ग अवरुद्ध नभएको दाबी गरे। तर फिक्कल चोकको स्थिति हेर्दा त्यस्तो देखिँदैन।प्रमुख जिल्ला अधिकारी ढुंगानाले देश सञ्चारसँग भने, ‘साना सवारी साधनलाई डाइभर्ट गरिँदैछ भने ठूला सवारी साधनले कार्यक्रम नसकिन्जेल कुर्नु पर्ने हुन्छ।’ 

प्रतिक्रिया दिनुहोस