काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा नभएको बेलामा पनि राष्ट्रिय सभालाई भुमिकासहित चलाउने व्यवस्था गर्नुुपर्ने बताएका छन ।
अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा नभएको अवस्थामा पनि राष्ट्रियसभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताएका हुन। उनले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रियसभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारीत गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभामा उत्पति भएर राष्ट्रिय सभामा आएका विधेयकको दुई महिनाभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भएपनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरु प्रतिनिधि सभामा थन्किएको बताए।
अध्यक्ष तिमिल्सिनाले विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारीत गर्नुपर्नेमा जोड दिए । उनले ऐन, नियमावली अथवा आवश्यकता अनुसार संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभालाई कामकाजी बनाउनुपर्ने बताए। उनले यस सन्दर्भमा उपयुक्त समयमा विषयको उठान हुने र सम्बोधन पनि हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन जति बन्नु पर्थ्यो त्यति बन्न सकेनन् : अध्यक्ष तिमिल्सिना
अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट
मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो : अध्यक्ष तिमिल्सिना
मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो : अध्यक्ष तिमिल्सिना