ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार, २८ बैशाख २०७५, १७ : ५३
ट्रयाक्टर दुर्घटना हुँदा  दुई जनाको मृत्यु

रोल्पा । सुनिल स्मृति गाउँपालिका–४ मिझिङमा आज भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सुलीचौरबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ प ७१५६ नंंको ट्रयाक्टर धनगढीबाट लिवाङतर्फ खेलाडी लिएर आउँदै गरेको ना २ ख ५२५ नंको बससँग ठोक्किएर दुर्घटना हुँदा गाउँपालिका–४ का २८ वर्षीय शिवबहादुर वली र २९ वर्षीय तारा रोका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका दाङका किरण राना मगर घाइते भएकामा सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि दाङ पठाइएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस