गुलरिया । जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न बर्दियामा दस्ता निर्माण गरिएको छ। डढेलोले हरितगृह ग्यास वायुमण्डलमा थुप्रिँदा बर्सेनी पृथ्वीको तापक्रम बढ्दो क्रममा छ। औद्योगीकरणले उत्पादित कार्बनको मार खेपिरहेको वायुमण्डमा वन डढेलोको धुवाँले चुनौती थप्ने गर्छ। कार्बन संचितिको भण्डार मानिने हरियो वनमै डढेलोको जोखिम बढेपछि संरक्षण क्षेत्रमा चिन्ता बढेको छ।
बर्दिया डढेलोको जोखिम जिल्ला मानिन्छ। ४० प्रतिशत वनक्षेत्र रहेको यहाँ निकुञ्ज, संरक्षित क्षेत्र, मध्यवर्तीलगायत सामुदायिक वन छन्। गत वर्ष बर्दियाको अधिकांश जंगल क्षेत्रमा वनमा डढेला लागेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत डा। रवीन कडरियाले बताए। बर्दिया राष्ट्रिय निकुञ्जको ९६८ वर्गकिलोमिटर क्षेत्रमध्ये कर्णाली र बबई नदी तटीय क्षेत्रबाहेक निकुञ्जका सबै क्षेत्रमा डढेलो सल्कियो। डढेलोले कार्बनडाइअक्साइड लगायतका ग्यास उत्सर्जन गर्छ।
जसले पृथ्वीको तापक्रम बढ्दै जलवायु परिवर्तनमा भूमिका खेल्छ। डढेलोले साना वन्यजन्तु र वनस्पतिलाई समेत नोक्सानी पुर्याउँछ। बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भन्छन्, ‘डढेलोबाट उत्पादित हरितगृह ग्यासले पृथ्वीको तापक्रम बढाउन मद्दत पुग्छ। डढेलो नियन्त्रणका लागि निकुञ्जले प्रयास गरिरहेको छ।’ समुदायमा डढेलोविरुद्ध सचेतना, वनपथ, घाँसेमैदान, अग्नीरेखा सरसफाइ अभियानअघि सारिएको छ।
निकुञ्जमा मात्र होइन बर्दियाका सामुदायिक वन क्षेत्र पनि डढेलोबाट मुक्त छैनन्। गत वर्ष बर्दियाका २ हजार १ सय हेक्टर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका सूचना अधिकृत द्रोणराज शर्माले बताए। बर्दिया डढेलो प्रभावित जिल्ला भएकाले डढेलो नियन्त्रण गर्न दस्ता पनि तयार गरिएको उनले बताए। वनक्षेत्रमा पतझड सरसफाइ, फायर लाइन निर्माण गर्दै पतझड संकलन गरी प्राङ्गारिक मल उत्पादन गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ चैत्र २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लस एन्जलसमा डढेलोसँगै चोरी र लुटपाटको आतंक, २५० अर्बको क्षति
लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे
डढेलोले दुनाटपरी बनाउने उद्योग संकटमा
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु