दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो छ अबको कार्यतालिका

शुक्रबार, २८ बैशाख २०७५, १६ : ४६
दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो छ अबको  कार्यतालिका

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे । मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीको नागरिक अभिनन्दन पनि गरिएको थियो ।

यस्तो छ मोदीको कार्यतालिकाः
शुक्रबार–
–४ः०० बजे गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान
–४ः३५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा ।
– ५ः०० बजे  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा ।
– ६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने । त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट ।

बैशाख २९ गते शनिबार
–बिहान ६ः०० बजे मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान ।
–  ८ः३० बजे मुक्तिनाथमा पूजा ।
–  १०ः३० मुक्तिनाथबाट काठमाडौं फिर्ता ।
–  १०ः४० बजे विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान ।
 –११ः३०– होटल हायात प्रस्थान ।
 –२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान ।
–३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान ।

प्रतिक्रिया दिनुहोस