काठमाडौं । नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सजाय पाउनुपर्ने बताएका छन् ।
एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताए ।
‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत पाउनुपर्छ’ उनले भने, ‘तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ ।’
कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
बीआरआईबारे झलनाथको टिप्पणी- नयाँ भिजन नहुनेहरूले ऋण लिनै हुँदैन भनिरहेका छन्
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
पश्चमागी ढंगले संविधान संशोधन गर्न खोजे अर्को जनआन्दोलन निम्तिन्छ : झलनाथ खनाल
महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, गुटबन्दी होइन : झलनाथ खनाल