आफु प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा नेपाल आएको मोदीको भनाई

शुक्रबार, २८ बैशाख २०७५, १३ : ४६
आफु प्रधानमन्त्रीका रुपमा भन्दा पनि  प्रधान तीर्थयात्रीका रुपमा नेपाल आएको मोदीको भनाई

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु प्रधानमन्त्रीका रुपमा भन्दा पनि  प्रधान तीर्थयात्रीका रुपमा नेपाल भ्रमणमा आएको बताएका छन् । उनले जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै  रामजानकी मन्दिरको दर्शनले आफ्नो मनोकामना पुरा भएको भन्दै आफू प्रधानन्त्रीको रुपमा नभइ यात्री अथवा दर्शनार्थीको रुपमा आएको बताए ।

उनले पहिलो पटक प्रधानमन्त्रीको रुपमा नेपाल आएको बेला संविधानसभामा चाढै नै जनकपुर आउने प्रतिवद्धता व्यक्त गरेको र ढिला गरिमात्र आएकोमा क्षमा मागे । भारत र नेपालको मित्रता आजको नभइ त्रेता युगाको भएको भन्दै मोदीले राज जनक र दशरथका माध्यमबाट यो डोरी बाँधिएको बताए । उनले भने‘यो बन्धन हो राम सीताको यहि बन्धन रामेश्वरमा बस्नेलाई तानेर पशुपतिमा तानेर ल्याउँछ । यही बन्धन लुम्बिनीमा बस्नेलाई बोधगयामा लैजान्छ । यही आस्थाले मलाई जनकपुर खिचेर ल्यायो ।’

महाभारतकालमा विराटनगरको रामयण कालमा जनकपुरमा तथा वुद्ध कालमा सिम्रनगढ र लुम्बिनीको विशेष सम्बन्ध रहेको भन्दै मोदीले नेपाल भारतको सम्बन्ध कुनै परिभाषाबाट व्यक्त गर्न नसकिने बताए । उनले भने‘नेपाल भारत समबन्ध कुनै परिभाषाबाट होइन त्यो भाषाबाट जोडिएको छ यो माया, आफ्नो पन, रोटी बेटीको रुपमा रहेको छ ।’

प्रतिक्रिया दिनुहोस