काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका केही नेताहरूले चुनावी गठबन्धनविरुद्ध दिएको अभिव्यक्तिपछि अब एक्लै स्थानीय चुनावमा जाने माओवादी केन्द्रका नेताहरुले बताएका छन्। त्यसका लागि स्थानीय तहको निर्वाचनमा ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर मतदाताको घरघर पुग्ने उनीहरुको भनाइ छ।
वैशाख ३० को स्थानीय चुनावका लागि माओवादी केन्द्रले देशभर २८ वटा कमान्ड गठन गरेको छ। अहिलेसम्म मधेश प्रदेश र गण्डकीबाहेक अन्य पाँच वटै प्रदेशले कमान्डर तोकिसकेका छन्। गण्डकीका इन्चार्ज हितराज पाण्डेले चैत ८ गते कमान्डरबारे निर्णय गरिने बताए। लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल मगरले प्रदेशमा सबै नेताहरु खट्ने बताए।
माओवादी केन्द्रले प्रदेश १ र बागमतीमा ५÷५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४÷४ वटा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ३-३ वटा कमान्ड बनाइएको छ।
प्रदेश १ का ५ कमान्डर
प्रदेश १ मा १४ छन्। जिल्लामा प्रभाव पार्न सक्ने नेतालाई कमान्डर बनाइएको इन्चार्ज राम कार्कीले बताए।
१। ताप्लेजुङ, पाँचथर, इलाम– इन्द्र आङ्बो
२। झापा, मोरङ, सुनसरी– सावित्रीकुमार काफ्ले
३। धनकुटा, तेह्रथुम, संखुवासभा– हेमराज भण्डारी
४। भोजपुर, खोटाङ– अजम्बर काङमाङ राई
५। सोलखुम्बु, ओखलढुंगा, उदयपुर– सुरेशकुमार राई
बागमती प्रदेशका ५ कमान्डर
बागमती प्रदेशमा माओवादी केन्द्र कमजोर छ। २०७४ मा भएको संघीय निर्वाचनमा जम्मा ५ वटा सांसद पद जितेको थियो। प्रदेश अध्यक्ष सरल पौडेलका अनुसार निम्न कमान्डर तोकिएका छन्ः
१। काठमाडौँ, ललितपुर, भक्तपुर– ईश्वरी भट्टराई
२। चितवन, मकवानपुर– नारायण दाहाल
३। धादिङ, नुवाकोट, रसुवा– हितबहादुर तामाङ
४। सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक– कृष्ण सापकोटा
५। सिन्धुली, रामेछाप– सूर्य सुवेदी
कर्णालीका ४ कमान्डर
कर्णाली प्रदेशमा ४ कमान्डर खटिएका छन्। सुर्खेत र दैलेखबाहेकका जिल्लामा माओवादी केन्द्र बलियो छ। अझै बलियो बनाउन र स्थानीय तह धेरै जित्न माओवादी जुटेको इन्चार्ज शक्ति बस्नेतले बताए।
१। जाजरकोट, दैलेख– रामदीप आचार्य
२। डोल्पा, रुकुम पश्चिम– राजकुमार शर्मा
३। कालिकोट, जुम्ला, मुगु, हुम्ला– महेन्द्रबहादुर शाही
४।सल्यान, सुर्खेत– टेकबहादुर बस्नेत
सुदूरपश्चिमका ३ कमान्डर
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। इन्चार्ज खगराज भट्टका अनुसार ९ जिल्ला भएको यो प्रदेशमा ३ कमान्ड बनाइएको छ।
१। अछाम, डोटी, बाजुरा– शरद सिंह
२। बैतडी, बझाङ र दार्चुला– लक्ष्मणदत्त जोशी
३। कैलाली, कञ्चनपुर, डडेलधुरा– नेपबहादुर चौधरी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, २१ : ५८
लेखकबाट थप