काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन तोकिएकै सयममा गराउन सरकार दृढ रहेको बताए। उनले सरकारले घोषणा गरेको समयमै स्थानीय तहको निर्वाचन हुने बताए।
कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा जितपुरमा आयोजित १२ औ कपिलवस्तु महोत्सवको पानसमा दीप प्रज्जवलित गरी उद्घाटन गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनको लागि सरकार प्रयत्नशिल रहेको बताए। ‘सबैको सहयोगले सयममै निर्वाचन सम्पन्न हुन्छ भन्ने हामी विश्वस्त छौं ,’ उनले भने। उनले सबै दलहरुलाई निर्वाचनमा सरिक हुन आग्रह समेत गरे। लोकतन्त्रलाई सबल र जनताको हक अधिकारलाई जनतामाझमा पुर्याउन निर्वाचनको मुल दायित्व रहेको उनले बताए।
नेपालीहरुको समृद्धि र विकास भयो भने नेपाल पनि विकसित मुलुक हुने र नेपाललाई विकसित गराउनको लागि जनतालाई सक्षम र समृद्ध गराउनु पर्ने उनले बताए। नेपाली कांग्रेसले अंगिकार गरिरहेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद, नागरिक अधिकार, मानवअधिकार, स्वतन्त्र पत्रकारिता लगायतका मुलभूत विषयहरुमा नेपाली कांग्रेसले कसैसंग सम्झौता नगर्ने गृहमन्त्री खाणले बताए।
नेपाली कांग्रेस बलियो भयो भने नेपालमा लोकतन्त्र सुदृढ र सबल हुने यदी नेपाली कांग्रेस कमजोर भयो भने नेपालको लोकतन्त्रिक पद्धाति पनि कमजोर हुने उनी बताउँछन्। अमेरिकी सहयोग परियोजना एमसीसी नितान्त विकास आयोजना भएको तर्क गर्दै यो सम्झौता लागू हुँदैमा नेपाली भूमिमा अमेरिकी सेना नआउने उनले बताए।
डोलकराम घिमिको अध्यक्षता र मनोज पाडैलको संचालनमा भएको कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अम्बर सिंह पुन, सांसदहरु अतहरक कमाल, अभिषेका प्रताप शा कांग्रेस नेता बिरेन्द्र कनौडिया, राजेश आचार्य लागतयले शुभकामना मन्तब्य दिएका थिए। महोत्सव चैत १३ गतेसम्म चल्नेछ।
यसअघि कांग्रेस बाणगंगा नगर समितिको आयोजनामा चार नम्बर गरिएको कार्यक्रममा गृहमन्त्री खाँणले कांग्रेसले गठबन्धनलाई जोगाउन प्रतिबद्ध रहेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, २१ : ४०
लेखकबाट थप