ओलीलाई मोदीको सम्बोधनः मेरे भाइसाब

शुक्रबार, २८ बैशाख २०७५, १२ : २७
ओलीलाई मोदीको सम्बोधनः मेरे भाइसाब

जनकपुर । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जनकपुरकाे रामजानकी मन्दिरमा सम्बाेधन गर्दै अाफ्नाे स्वागत तथा सत्कारका लागि नेपाल सरकार र प्रदेश २ काे सरकारलार्इ धन्यवाद ज्ञापन गरेका छन् ।

मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । लगतै उनले जानकी मन्दिरमा पूजाअर्चना गरे । लगतै जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरे । प्रधानमन्त्री माेदीले नेपालका अाफ्ना समकक्षी केपी अाेलीलार्इ 'मेरे भाइसाव' भन्दै सम्बाेधन गरे । उनले भने 'मेरे भाइ साहेव नेपालका आदारणीय प्रधानमन्त्रीले यो भ्रमण व्यवस्थापन गरेर जानकी मातालाई प्रणाम गर्न सौभाग्य जुटाइदिएकोमा म धन्यवाद भन्न चाहन्छु, ।'  उनले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस