सत्ता गठबन्धन कायम राख्न काँग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, १३ : २२
सत्ता गठबन्धन कायम राख्न काँग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ‘ख’ रुपन्देहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा खाँणले मुलुकमा अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न चाहेको दाबी गरे ।

अमेरिकी सरकारले दिएको ६० अर्ब अनुदान जनताको पक्षमा रहेको खाणले बताए । उनले भने,‘एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने विजुली जनताको घर घरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारेका हौं ।’ 

मुलुकको आर्थिक अवस्था चुनौतिपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पु¥याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस