यी पात्रोले पाए मान्यता, आधा दर्जनलाई हटाउन सिफारिस

पत्रपत्रिकाबाट

बुधबार, ०२ चैत्र २०७८, ०८ : ५९
यी पात्रोले पाए मान्यता, आधा दर्जनलाई हटाउन सिफारिस

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विक्रम संवत् २०७९ को वार्षिक क्यालेन्डर पात्रो प्रकाशन गर्न तोयनाथ पञ्चाङ्ग, बाबुराम, नरनाथ, अठोला, तारकेश्वर, सूर्य, आका दर्शन, बगलामुखी, शुभ,  बाबा  गोरखनाथ  सिद्दि, खप्तड, तारानाथ र कर्ति पञ्चाङ्ग पञ्चाङ्गलाई मात्र स्वीकृति दिएको छ।

बजारमा नयाँ वर्ष नजिक आउने क्रमसँगै थरीथरीका समितिबाट  स्वीकृति  नपाएका क्यालेन्डर र पात्रो देखा पर्न थालेपछि समितिले बजार अनुगमन र विवरण सङ्कलन गर्न थालेको छ।  अनुगमन  गरिएका  आधा दर्जन पात्रो र क्यालेन्डर बजारबाट हटाउन  समितिले  सरकारसमक्ष सिफारिसको तयारी गरेको छ। यसको विवरण भने समितिले गोप्य राखेको छ।

पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्योतिषी सूर्यप्रसाद ढुङ्गेलका अनुसार क्यालेन्डरमा  नेपाल  सरकारले आधिकारिक  रूपमा  नतोकेको सार्वजनिक बिदा क्यालेन्डरमा बिदा जनाएर छापिने गरेको र चाडपर्व जात्रालगायतका सांस्कृतिक कार्यमा तिथिमितिमा क्यालेन्डर र पात्रोमा गते र दिन घडी पला साइतमा फरक पर्ने गरेको बताउँदै यसलाई निरुपण गर्न समितिले तोकिदिएको मापदण्डको पालना नगरिएका पात्रो र क्यालेन्डर बजारबाट हटाउन समितिले अध्ययन अनुगमन थालेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस