टीभीएस रेडर १२५ लाई इण्डियन मोटरसाइकल अफ दि इयर उपाधि

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, ११ : २०
टीभीएस रेडर १२५ लाई इण्डियन मोटरसाइकल अफ दि इयर उपाधि

काठमाडौँ  । टीभीएस रेडर १२५ लाई प्रतिष्ठित भारतीय अवार्ड इण्डियन मोटरसाइकल अफ दि इयर ९आईएमओटीवाई० उपाधिद्वारा सम्मान गरिएको छ। टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययी, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ।कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो।

इण्डियन मोटरसाइकल अफ दि इयर उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायकमण्डलको गठन गरिएको थियो। निर्णायक मण्डलका सदस्यहरुमा अटो टुडेका एसोसिएट एडिटर राहुल घोष, अटो टुडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित थिए।इन्डिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायकमण्डलका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणीकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारीसाधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ। ‘टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ। यसको श्रेय हामी समग्र टीभीएस मोटर्सको टिमलगायत टीभीएस रेडारलाई माया गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहन्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने।

हरेक वर्ष भारतीय बजारमा अनेक बाइकहरु सार्वजनिक हुन्छन्। तीमध्ये धेरैजसो बजारमा कुनै छाप छोड्न नपाउँदै बिलाउँछन् भने कतिले अटोमोबाइल व्यापारमै उल्लेखनीय बिक्रीको रेकर्ड राख्न सफल हुन्छन्। यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारीसाधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पार्न सफल भएको छ।उत्पत्तिको स्थान अन्यत्र भए तापनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकलहरु भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य गरिएको छ। साथै मोटरसाइकलहरअवार्डका लागि मान्य हुन १ डिसेम्बर २०२० देखि ३० नोभेम्बर २०२१ सम्ममा प्रदर्शित भइसकेको हुनुपर्दछ। उपाधि विजेताको घोषणा निर्णायकमण्डलको भोटका आधारमा गरिएको हो। निर्णायकमण्डलमा सहभागी हरेक सदस्यको हातमा २५ अंक रहेको हुन्छ। उनीहरुले प्रतिस्पर्धामा सम्मिलित कम्तिमा ५ मोटरसाइकलका लागि अंक विनियोजन गर्नुपर्ने हुन्छ।

साथै उनीहरुले कुनै पनि बाइकलाई १० भन्दा बढी अंक प्रदान गर्न पाउँदैनन्। निष्पक्ष र पारदर्शी प्रणालीले गर्दा आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रुपमा लिइन्छ। सन् २००७ मा भारतभरका वरिष्ठ तथा कहलिएका अटोमोबाइल पत्रकारहरुको भेला हुँदा आईएमओटीवाईको सुरुवात गर्ने निर्णयसँगै यस अवार्डको थालनी गरिएको थियो।मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ। जगदम्बा मोटर्सद्वारा सन् २०२१ को नोभेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरुमाझ अत्यधिक लोकप्रिय छ। नेपालमा पनि उल्लेखनीय संख्यामा बिक्री भइरहेको कम्पनीले जनाएको छ।

टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषताहरु उपलब्ध छन्। साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ। १२४।८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर इञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२।९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११।५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ। 

प्रतिक्रिया दिनुहोस