नेपाल भ्रमणमा निस्कँदै गर्दा भ्रमणबारे मोदीले गरे यस्तो ट्वीट

विहीबार, २७ बैशाख २०७५, १८ : ०९
नेपाल भ्रमणमा निस्कँदै गर्दा  भ्रमणबारे मोदीले गरे यस्तो ट्वीट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलीदेखि नेपालको दुई दिने भ्रमणमा आउँदै छन् । नेपाल भ्रमणमा निस्कँदै गर्दा  भ्रमणबारे मोदीले तीनवटा ट्वीट गरेका छन् ।  मोदीको पहिलो ट्युट यस्तो छः “म प्रधानमन्त्री के.पी.शर्मा ओलीको निमन्त्रणामा मे ११ र १२ मा नेपालको भ्रमण गरिरहेको हुनेछु । यो भ्रमणले भारतले नेपालसँगको मैत्रिपूर्ण सम्बन्धलाई दिएको उच्च प्राथमिकता प्रतिबिम्बित गर्छ । भ्रमणमा द्विपक्षिय सहकार्य गहिरो बनाउनको लागि म प्रधानमन्त्री ओलीसँग विस्तृत वार्ता गरिरहेको हुनेछु ।”

त्यस्तै, दोश्रो ट्वीटमा उनले आफूले भ्रमण गर्ने नेपालका स्थानहरुको बारेमा लेखेका छन् । उनले लेखेका छन्ः “यो नेपाल भ्रमणमा काठमाण्डौंको अतिरिक्त जनकपुर र मुक्तिनाथको पनि भ्रमणहरु हुनेछ । यिनीहरु तीर्थयात्रा र पर्यटनको जीवन्त केन्द्र हुन् । ती हाम्रो राष्ट्रहरुलाई बाँध्ने बलियो साँस्कृतिक सम्बन्धको प्रमाण हो ।”

यसपछिको तेस्रो र अन्तिम ट्युटमा मोदीले नेपालको परिवर्तन र आर्थिक विकासमा भारतको समर्थन जनाएका छन् । मोदीको तेस्रो ट्युट यस्तो छ ः “नेपाल लोकतन्त्रको उपलब्धीहरु संस्थागत गर्ने र आर्थिक बृद्धीको नयाँ युगमा प्रवेश गरिरहँदा भारत नेपाल सरकारको “समृद्ध नेपाल, खुसी नेपाली” लागू गर्ने भरपर्दो सहकर्मी रहन्छ ।”

प्रतिक्रिया दिनुहोस