काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले गठबन्धनको भरमा चुनावको तयारी गर्न नहुने बताए ।जसपा संघीय परिषद् बैठकमा समसामयिक राजनीति र पार्टीको कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै डा। भट्टराईले यस्तो बताए।
उनले आफ्नो पार्टीको चाहना र प्रयासले मात्र गठबन्धनलाई चुनावसम्म लैजान सम्भव नहुन पनि सक्ने भन्दै आफ्नै बलमा चुनाव जित्ने तयारी गर्नुपर्ने बताए ।उनले सरकार चलाउनु र चुनावी गठबन्धन बनाउनु अलग कुरा भएको पनि बताए । डा भट्टराईले स्थानीय तहको चुनावमा तालमेल गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने धारणा पनि राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १७ : ०४
लेखकबाट थप