बालीनालीमा पुगेको क्षतिप्रति सदनमा सरकारको ध्यानाकर्षण

विहीबार, २७ बैशाख २०७५, १६ : ५२
बालीनालीमा पुगेको क्षतिप्रति सदनमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले तराई क्षेत्रमा असिनापानीले कृषिबालीमा पु¥याएको क्षतिलगायत समसामयिक राजनीतिक विषयहरु संसद् प्रवेश गराउनुभयो । तराईका क्षेत्रमा असिनापानीका कारण धान, गहुँबालीलगायतका कृषि उपज नष्ट भएको हुँदा क्षतिपूर्ति दिनुपर्ने उहाँहरुको माग थियो ।

उहाँहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको उल्लेख गर्र्दै नेपाल–भारत सीमामा देखिने समस्या, बाढी, डुबानलगायत विषयलाई उठाउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद अमरेशकुमार सिंहले तराईमा आँधी, असिनापानी आएका कारण धान, गहुँलगायत कृषि बाली नष्ट भएको हुँदा कृषकलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद कृष्णभक्त पोखरेलले चितवनमा ठूलो मात्रामा केरा काटेर कृषकलाई दुःख दिने काम भएको र पछिल्लो समयमा हावाहुरीले बालीलाई क्षति पु¥याएको विषयतर्फ सरकारको ध्यान आकृष्ट गर्नुभयो ।
विशेष समयमा बोल्ने अन्य सांसदहरुमा मोहन बानियाँ, लीलानाथ श्रेष्ठ, सञ्जयकुमार गौतम, महेश्वर गहतराज, दामोदर भण्डारी र अनिलकुमार झा पनि हुनुहुन्थ्यो ।  (रासस)

प्रतिक्रिया दिनुहोस