अशोक दर्जिले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवको १ नम्बर ट्रेन्डिङमा

विहीबार, २७ बैशाख २०७५, १५ : ०६

सामाजिक संजालले अहिले बिस्वलाई निकै साघुरो बनाईदिएको छ,मान्छेहरु बिस्वको जुनसुकै कुनामा बसेपनि छिन भरमै देश विदेशको खबर थाहा पाउछन,कहिलेकाही यहि सामाजिक संजाललाई गलत प्रयोगले मान्छेको जीवन नर्क बनेको खबर सुन्नमा आउछ,सामाजिक संजाल बात नै जघन्य अपराध घटेको सुन्न आउछ तर यहि सामाजिक संजाललाई सहि सदुपयोग गर्न सके यसबाट लिन सक्ने भरपूर्ण फाइदा,केहि यस्ता व्यक्तिहरु जसलाई सामाजिक संजालले रातारात हिरो बनाईदियो,स्टार बनाईदियो । जस्तै नेपाल देखि तरकारीवाली कुसुम श्रेष्ठ केहि बर्ष अघि निकै भाईरल बनेकी थिइन् अहिले चलचित्र ‘लम्फु’मार्फत फिल्मी नगरीमा डेब्यु गर्दैछिन ।
केहि महिना अघि भारतकी प्रिया प्रकास आखा झिम्काएको २५ सेकेन्ड को भिडियोले भाईरल बनाईदियो,उनको फ्लोअर्स यति बढेकी सन्नी लियोनि र बलिउडका कलाकारलाई पछी पारिन यसरि कंयौ व्यक्तिको रातारात सामाजिक संजालले भाग्य चम्काइदिएको छ त्यस्तै अहिले युतुबमा झापाका अशोक दर्जी भाईरल भईरहेका छन्।अशोक दर्जी पछिल्लो समय निकै भाईरल भैरहेका छन्,आफ्नो गायन प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनि एकाएक चर्चा भएको छ । अशोक दर्जी अहिले युतुबमा भाईरल नै बनेका छन्,खासमा उनलाई भाईरल नै बनाईएको छ।काठमाडौं आएर गित रेकर्डिङ गर्दै गर्दाका भिडियो युतुब मा नम्बर वान ट्रेडिङमा छन्,जो केहि अन्तर्वार्ता र केहि रेकर्ड गर्दै गरेको भिडियो हरु छन् । उक्त भिडियोमा उनले नेपालि हिन्दि नेपालि गरि बिभिन्न गित गएका छन्,त्यहि भिडियोले गर्दा उनि एकाएक चर्चामा आएका थिए ।  अशोक दर्जिले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा अपलोड भएको एक दिन नबित्दै नम्बर १ ट्रेन्डिङमा आएको छ ।  टंक बुढाथोकीद्वारा संगीतवद्ध यो गीत  बुधबार दिउसो १ बजे गीत  यूट्यूवमा अपलोड भएको थियो ।

को हुन् अशोक दर्जी?
अशोक दर्जी झापा दमकका सामान्य परिवारमा जन्मेका हुन्।उनि कहिले बाटोमा,कहिले होटलमा गित गाउदै हिड्थे,त्यसबाट आएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानेको थियो । उनलाई पढ्ने लेख्ने खेल्ने रुची हुदाहुदै पनि उनले पढ्न पाएका थिएनन । उनको आर्थिक स्थिति कमजोर भएकै कारण उनले पढ्न पाएका थिएनन । तर अहिले उनि झापा उर्लाबारी स्थित बेथल एजुकेसन एकादेमिले १० क्लास सम्म निशुल्क अध्यन गर्ने ब्यबस्था मिलाएको छ । उनि अहिले स्कुल जान थालिसकेका छन् । स्कूलको पहिलो दिन सम्पूर्ण स्कुल परिवारले उनलाई स्वागत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस