काठमाडौं । नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ ।
नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए ।
‘उक्त अध्ययनले प्रसारण लाइन बन्ने सम्भावना देखाएको छ । अब वातावरणीय प्रभाव मूल्यांकन र आयोजना विस्तृत प्रतिवेदन ९डीपीआर० बनाउने काम अगाडि बढ्छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम चैतको पहिलो सातादेखि शुरू हुन्छ । डीपीआर भने चीनसँग मिलेर संयुक्त रूपमा बनाउँछौं ।’
वातावरणीय प्रभाव मूल्यांकनको काम ७ महीनाभित्र सकिने उनको भनाइ छ । डीपीआरका लागि भने यही महीना ९मार्च० मा चीन र नेपालबीच आवश्यक सम्झौता हुने उनले बताए ।
नेपाल खण्डको प्रसारण लाइन ४०० केभीको डलर सर्किटको हुनेछ, त्यसमा २०७ ओटा टावर हुनेछन्, जुन बनाउन १० अर्ब रुपैयाँ लाग्ने देखिएको आत्रेयले बताए । आर्थिक अभियानमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २७ फागुन २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय प्रसारण लाइनले उज्यालो बन्दै मनाङ
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा
बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
ढल्केबर-लोहारपट्टी १३२ केभी प्रसारण लाइन सञ्चालनमा
ढल्केबर-इनरुवा प्रसारण लाइन सञ्चालन