भक्तपुरमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, १३ : २७
भक्तपुरमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

काठमाडौँ । भक्तपुरमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । गएराति चाँगुनारायण नगरपालिका–७ बागरेमा तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा करिब ४० वर्षीया महिलाको अर्धनग्न शव फेला परेको थियो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत फेलापरेकी ती महिला जेनिसा नगरकोटी रहेको खुलेको छ । उनको ठेगाना काभ्रेको नमोबुद्ध रहेको पनि खुलेको छ । केहि समयदेखी उनी तरकारी खेती गर्दै आएकी थिइन् । 

महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको छ । हाल घटनास्थल प्रकृति तथा शवको जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस